साफ फुटबलमा नेपालले भारतलाई हान्यो ३ गोल

नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडाैं | माघ २४, २०७९

साफ फुटबलमा नेपालले भारतलाई हान्यो ३ गोल

काठमाडौं:   बंगलादेशको राजधानी ढाकामा भएको लिगको अन्तिम तथा निर्णायक खेलमा भारतलाई पराजित गर्दै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।


मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको लिगको आफ्नो अन्तिम खेलमा नेपालले भारतमाथि ३–१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। १–० गोलले पछि परेको अवस्था उल्टाउँदै नेपालले  पुनरागमन जित निकाल्न सफल भएको हो । 


भारतले पहिलो हाफमा २१ औं मिनेटमा अपूर्णाले गोलमा अग्रता लिएको थियो । नेपालले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। भारतकी गोलकिपरले राम्रोसँग क्लियर गर्न नसकेको बल पाएकी अन्जली चन्दले खाली पोस्टमा गोल गरिन्। 


नेपालले ६९ औं मिनेटमा कप्तान प्रिति राईले पेनाल्टीमा गोल गर्दै नेपाललाई २–१ गोलले अघि बढाएकी थिइन्। त्यसअघि दिपा शाहीमाथि भारतीय डिफेन्डरले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो। 
   

नेपालका लागि तेस्रो गोल अमिसा कार्कीले गरिन्। उनले खेल सकिन एक मिनेट बाँकी छदा उत्कृष्ट फिनिसिङ गरेकी थिइन्। 


जितसँगै नेपालले लिग चरणमा ६ अंक जोडेको छ। अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ। 


अन्तिम खेलपछि भारतको ४ अंक भएको छ। भुटानसँग खेल्नुअघि बंगलादेशको पनि ४ अंक छ। बंगलादेशलाई फाइनलमा पुग्न बराबरी भए पुग्छ। भारतले बंगलादेशको हारको कामना गर्नु पर्नेछ। 


यसअघि पहिलो खेलमा नेपाललाई आयोजक बंगलादेशले ३–१ गोलले हराएको थियो। दोस्रो खेलमा भने नेपालले भुटानमाथि ४० को जित निकालेको थियो। प्रतियोगितामा बंगलादेश र भारतले गोलरहित बराबरी खेलेका थिए। 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्